🐄 पशुपालन कर्जा योजना
पशुपालन कर्जा योजना
पशुपालन कर्जा योजना कृषि पेशामा आबद्ध सदस्यहरूका लागि लक्षित कर्जा सेवा हो, जसले पशुपालन व्यवसाय विस्तार र आम्दानी वृद्धि गर्न सहयोग गर्छ।
🔸 मुख्य विशेषताहरू:
लक्षित सदस्य:
कृषि तथा पशुपालन पेशामा आबद्ध व्यक्ति
फर्म, साना तथा मझौला व्यवसायीहरू
उपयोग क्षेत्र:
गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरा ,मत्स्यपालनआदिको पालन
पशुपालन सम्बन्धी फर्म स्थापना वा विस्तार
ब्याजदर:
वार्षिक १२.५%
कर्जा सीमा:
अधिकतम रु. २५ लाखसम्म
कर्जा अवधि:
अधिकतम ५ वर्षसम्म
अन्य विशेषता:
व्यवसायको प्रकृति अनुसार सहज किस्ता
आवश्यकतानुसार प्राविधिक सल्लाह वा सहयोग
संस्थाको मूल्यांकनपछि सहज प्रक्रिया
यो योजना आठमौजा बचत तथा ऋण सहकारी संस्थाको ग्रामीण तथा कृषि-केन्द्रित सदस्यहरूका लागि आत्मनिर्भरता र आयमुखी उद्यमको बलियो माध्यम हो।